व्यापार घाटा १० खर्ब १६ अर्ब

काठमाडौं । निर्यात व्यापारमा बृद्धि हुने क्रम जारी रहेको छ । चालु आर्थिक वर्ष २०७७–७८ को फागुनको तुलनामा चैतमा १२ दशमलव ३९ प्रतिशतले निर्यात व्यापार बृद्धि भएको हो । विभागका अनुसार चैतमा नेपालबाट निर्यात भएका वस्तु तथा सेवाको हिस्सा नेपालको कुल वैदेशिक व्यापारको २० दशमलब २३ प्रतिशत रहेको छ । अघिल्लो महिना निर्यातले ७ दशलमव ८४ प्रतिशत हिस्सा ओेगटेको थियो ।

निर्यातमा निरन्तर वृद्धि र आयातमा पनि वृद्धि भएको देखिएको कारण नौ महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च वृद्धि भएको तथ्यांकले देखाएको छ । वैदेशिक व्यापार घाटा १२ दशलमव ४९ समेतमा उच्च वृद्धि देखाएको छ । चैतमा कुल वस्तुको निर्यात ९ खर्व ४७ अर्व ६७ करोड बराबरको भएको छ । तर फागुन महिनामा वस्तु निर्यातमा ८ खर्व ७ अर्व ७८ करोडको हाराहारीमा भएको थियो ।

यो अवधीमा आयात भने ११ खर्व ११ अर्ब ३९ करोड बराबरको भएको छ । अघिल्लो महिना आयात ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँको भएको थियो । यो महिना १३।१२ ले आयात बढेको छ । सोहीकारण बैदेशिक व्यापार घाटामा कुल १२ दशमलब ४९ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक बर्षको चैतमा व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको रहेको छ ।

अघिल्लो महिना व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ थियो । निर्यातमा भएको वृद्धिले कारण कुल वैदेशिक व्यापारको आकार समेत बढेको छ । चालु आर्थिक बर्षको चैत महिनासम्म कुल १२ खर्ब ६ अर्ब १६ करोडको वैदेशिक व्यापार भएको छ । फागुन महिनाको कुल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोडको रहेको थियो । यो महिना कुल आकार नै १३ दशलमव ६४ प्रतिशतले बढेको छ ।

अनियन्त्रित मात्रामा आयात बढ्दै गएपछि व्यापार घाटा समेत चुलिएको हो । गत आर्थिक वर्षको सुरुवातदेखि विश्व व्यापारमा आएको मन्दीले नेपालको आयात व्यापारमा असर परेको थियो । तत्कालीन अवस्थामा विश्वका दुई ठूला आर्थिक शक्ति अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वले वैदेशिक व्यापारमा संकुचन आइरहेको थियो ।

नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा खुम्चिदै गइरहेको अवस्थामा आयात व्यापार प्रभावित बनेको हो । २०७६ चैत ११ पछि सरकारले कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी घोषणा गर्यो । जसले नेपालको वैदेशिक व्यापारमै ब्रेक लाग्यो । तर, बन्दाबन्दी खुलेपछि आर्थिक क्रियाकलाप बढिरहेको छ । चैत मसान्तसम्म आइपुग्दा मुलुकको वैदेशिक व्यापारको आकार नै १२ खर्ब रुपैयाँ पुगेको छ ।

चार वस्तुको आयात घट्यो

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा डिजेल, पेट्रोल, मकै र युरिया मलको आयातमा कमी आएको छ । गत आर्थिक वर्षको ९ महिनामा ७१ अर्ब १३ करोड रुपैयाँको डिजेल आयात भएको थियो । तर यसपटक ५९ अर्ब ७४ करोड रुपैयाँ मात्रै डिजेल आयात भएको छ । डिजेल आयातमा गत आवको तुलनामा १९ प्रतिशतले गिरावट आएको छ ।

डिजेल मात्रै होइन पेट्रोलमा समेत कमी आएको छ । ८ दशमलब ९१ प्रतिशतले पेट्रोलको आयात घटेको छ । गत आवको ९ महिनामा २५ अर्ब ४४ करोड रुपैयाँ बराबर पेट्रोल आयात भएको थियो । अहिले २ अर्ब कम पेट्रोल आयात भएको छ । मकै ८ करोड रुपैयाँ कम आयात भएको तथ्यांकले देखाएको छ । युरिया मल समेत १ अर्ब १७ करोड रुपैयाँ कम आयात भएको छ ।

प्रतिक्रिया