काठमाडौं । चर्चित सांगीतिक समूह मंगोलियन हार्टका गायक राजु लामाले राजधानीबासीलाई नचाउने भएका छन् । नयाँ वर्ष २०७८ को अवसर पारेर १ बैशाखमा ठमेलस्थित छाँयासेन्टरमा रहेको प्लेब्वाई लञ्च एण्ड क्लबमा आयोजना हुन लागेको ‘द मंगोलियन सो’ मा लामाले गीतमार्फत दर्शक नचाउने भएका हुन् ।
कार्यक्रममा गायक लामाले ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’ लगायत नयाँ तथा पुराना दर्जन बढी गीत गाउने तयारीमा छन् । कार्यक्रममा उनले दर्शकको फर्माइसमा समेत गीत गाउने बताइएको छ ।
नेपाली चलचित्र र गीत संगीत क्षेत्रका थुप्रै कलाकारको समेत सहभागिता रहने कार्यक्रम नयाँ वर्षमा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले आयोजना गर्न लागेको लञ्चका सञ्चालक अमित पौडेलले जनाए । हस्पिटालिटी, पार्किङ लगायतका विभिन्न सुविधासमेत रहेको लञ्चमा मंगलोलियन हर्टको प्रस्तुति रहने भए पनि टेबुल बुकिङसमेत हुन थालेको पौडेलले जानकारी दिए ।
प्रतिक्रिया