‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी तथा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले समसामयिक राजनीतिमाथि विवेचना गरेको पुस्तक ‘राजनीतिसँगै राजकाज’ बजारमा ल्याएका छन् । राजधानीमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले उक्त पुस्तकको विमोचन गरे ।

पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई चित्रण गर्दै त्यसका आयामलाई केलाउने कोशिस गरेका छन् । पुस्तकमा नेपाली राजनीतिको दुरगामी लक्ष्य र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी गरिएको छ ।

उनले राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका नेपालको दृश्य पूरा हुन असम्भव रहेको निष्कर्ष पुस्तकमार्फत प्रस्तुत गरेका छन् । उक्त कार्यक्रममा पुस्तकबारे र समसामयिक राजनीतिबारे डा. भट्टराई र डा. वाग्लेले परिचर्चा गरेका थिए ।

प्रतिक्रिया