भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख २७ हजार जनामा कोरोना संक्रमण

नयाँदिल्ली । भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ संक्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।

पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सबैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना संक्रमित भएका थिए । पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

प्रतिक्रिया