गीतमा नर्स र विद्रोहीको प्रेम

काठमाडौं । गायक कर्णेश राजथलाको स्वर रहेको गीत ‘वसन्त–शिशिर’ सार्वजनिक भएको छ । दुर्गम पहाडमा नर्सको काम गर्ने युवती र परिस्थितिवश विद्रोही बनेका युवकबीचको प्रेमसम्बन्ध गीतको भिडियोमा देखाइएको छ । वसन्त र शिशिर दुई अलग मौसम हुन् जसको एकैपटक अस्तित्व सम्भव छैन । तर वसन्त–शिशिर आदर्श प्रेमका प्रतीक हुन् । प्रस्तुत गीतमा प्रेमको यही विषयलाई देखाइएको छ ।

समय र परिस्थितिले मानिसलाई अलग बाटोमा हिड्न बाध्य पारे पनि प्रेममा युद्ध विचारको मात्र हुन्न विषयलाई उधिनिएको छ । दुई अलग पात्रहरु बीचमात्र पनि हुन्न । एउटा मौसमले पनि अर्को मौसमले बनाएको खतलाई पुर्न खोजिरहेको हुन्छ । हिउँ, पानी, पालुवा बद्लिने स्थितिमा पनि प्रेम साझा हुन्छ । परिस्थितिसँग जुधेर वा अर्थ बदलेर पनि प्रेम बाँचिरहन्छ । हेम थामीको रचना–संगीत रहेको वसन्त–शिशिर गीत र यसको भिडियोमा यही भावलाई संप्रेषण गरिएको छ ।

गीतको भिडियोमा रोशनी कार्की र सन्दीप श्रेष्ठको अभिनय छ । मनाङ र लमजुङका रमणीय स्थलमा छायांकन गरिएको गीतको निर्देशन तथा सम्पादन नवीन भट्टले गरेका छन् । भिडियोमा ज्ञान चौलागाईको छायांकन रहेको छ ।
आर्टमाण्डुद्वारा तयार यो गीतको भिडियोमा कलरिङ चानस पुन मगरले गरेका छन् । गीतमा एरेन्ज मन्जिल विक्रम केसीले गरेका छन् भने मिक्सिङ–मास्टरिङ कोविद बज्रले गरेका हुन् । कथात्मक प्रस्तुतिमा सुन्दर निर्देशन आर्टमाण्डुको प्रस्तुतिमा बनेका म्युजिक भिडियोका विशेषता हुन् ।

प्रतिक्रिया