कुमारी बैंकको २० औं वार्षिकोत्सव

काठमाडौ । कुमारी बैंक लिमिटेडले २० औं वार्षिकोत्सवको अवसरमा देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमो आयोजना गरेको छ । २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरुबाट नि : शुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे थियो । उक्त कार्यक्रममा ७०० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो । साथै, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम सँगसँगै सम्पन्न गर्दै वार्षिकोत्सवमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ११४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।

हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया