वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० का निवासी उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै, सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
प्रतिक्रिया