खोजखबर

राष्ट्रपति भण्डारीद्धारा धारा खोलेर मेलम्चीको पानी वितरणको शुरुवात

सौर्य अनलाइन २०७७ चैत २० गते १५:२९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक शुरुवात गरेकी हुन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ। काठमाडौँका घरघरमा केही दिन अघिदेखि नै मेलम्चीको पानीको परीक्षणको रुपमा पठाउन सुरु गरिसकिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय