मधु थापाले राखे विश्व कृतिमान

काठमाडौं । मधु थापाले द मोस्ट अल्टरनेटिभ हिट्स अफ फूटबल विथ टेनिस ईन ३० सेकेन्ड शीर्षकमा नयाँ विश्व कृतिमान राखेका छन । थापाले ३० सेकेन्डमा ६९ पटक फूटबललाई टेनिस र्‍याकेटले उल्टो सुल्टो हानेर नयाँ विश्व कृतिमान कायम गरेका हुन । त्रियुगा नगरपालिका-२ उदयपुर जिल्लाका थापाले अन्य विश्व कृतिमानी व्यक्तिहरुबाट प्रभावित भएर यो रेकर्ड राखेको बताए । वर्ल्ड रेकर्ड फाउन्डेशन नेपालले एक कार्यक्रम आयोजना गरेर सो नयाँ विश्व कृतिमानी कायम गरिएको हो ।

कार्यक्रममा उपस्थितिहरुलाई स्वागत मन्तव्य राख्दै विश्व कृतिमानीहरु एकजुट हुनुपर्ने वर्ल्ड रेकर्ड फाउन्डेशन नेपालका संस्थापक महासचिव आरबी थापाले बताए । सफलताको शुभकामना दिदैँ नेपालमा दिनदिनै नयाँ प्रतिभाहरु जन्मिदैँ गएकोले त्यस्ता व्यक्ति तथा प्रतिभालाई वर्ल्ड रेकर्ड फाउन्डेशनले महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने रक्षकुमार राईले बताए ।

आगामी दिनमा पनि यस्ता नयाँ प्रतिभालाई विश्व कृतिमान राख्न चाहने व्यक्तिलाई महत्त्वपूर्ण सहयोग गर्ने वर्ल्ड रेकर्ड फाउन्डेशन नेपालका संस्थापक अध्यक्ष चित्रकुमार कार्कीले बताए । त्यस्तै, सामान्य कामबाट नै ठुलाठुला काम बन्ने र सफल हुने भएकोले कुनै पनि कामलाई निरंतरता दिनुपर्नेमा नेपाल टेलिभिजनका निर्देशक मनोहरी थापाले जोड दिए ।

प्रतिक्रिया