सुन मुल्य बढ्यो

काठमाडौं । केही दिन यता निरन्तर ओरालो लाग्दै गएको सुनको मुल्य आज भने ९ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको आज ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज तेजाबी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । तेजाबी सुन बुधबार ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा खरिद बिक्रि भएको छ । हिजो चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया