चूडामणि ग्रन्थावली

झापा । भाषाविद् चुडामणि रेग्मीको ‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’ को सार्वजनिक गरिएको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा साहित्यकार सरोज ओलीले उक्त कृतिको विमोचन गरे । साहित्यका विविध विधामा कलम चलाउने रेग्मीले समालोचनामा आलोचनात्मक शैलीको प्रस्तुति नगरेकै कारण सबैलाई सँगसँगै लिएर हिँड्ने साहित्य क्षेत्रको पाठशाला भएको उनको भनाइ थियो । साहित्यकार होम सुवेदी, पुण्यप्रसाद खरेल र हरिनारायण भट्टराईले सम्पादन गरेको कृतिका बारेमा सम्पादकद्वय होम सुवेदी र पुण्यप्रसाद खरेलले धारणा राखेका थिए ।

कार्यक्रममा स्रष्टा रेग्मीले ग्रन्थावली निकाल्ने आफ्नो इच्छा पूरा गरिएकामा प्रकाशक तथा सम्पादन मण्डललाई धन्यवाद दिँदै बुढ्यौलीका कारण अब कृति प्रकाशनमा ल्याउन कठिन हुने धारणा व्यक्त गरे । रेग्मीको सार्वजनिक पछिल्लो ग्रन्थावली आफ्नो ८४औँ जन्मोत्सवका रुपमा आएको लेखक्यौलीमा उल्लेख गरिएको छ । दुई सय ३२ पृष्ठ लामो ग्रन्थावली भाग–३ को प्रकाशन जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले गरेको हो ।

प्रतिक्रिया