प्युठानमा टयाक्टर दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

प्युठानमा । ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति ८ः३० बजेको समयमा झिमरुक गाउँपालिका मच्छीदेखी बादिकोट जादै गरेको लु ३ त १०८३ नं. को ट्याक्टर झिमरुक गाउँपालिका– ३ रोटेपानी खण्डमा अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी झिमरुक गाउँपालिका– २ कमिरेपानीका २९ वर्षिय ध्रबिन्द्र सामतको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा घाईते भएका सामतलाई उपचारका लागि वुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

यस्तै, अन्य घाईते हुनेमा झिमरुक गाउँपालिका– २ का ३४ वर्षिय प्रेम सामत र २० वर्षिय कृष्णा क्षेत्री रहेका छन् । जसमध्ये प्रेम सामतलाई प्युठान अस्पतालमा उपचारपछि थप उपचारका लागि वुटवल रिफर गरिएको छ भने कृष्णा प्युठान अस्पतालमा उपचारपछि डिस्चार्ज भएको सूचना अधिकारी गैरेले बताए । ट्याक्टरमा चालकसहित ४ जना सवार थिए । चालक फरार छन् । ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

प्रतिक्रिया