मेरो शेयर केही दिनका लागि बन्द

काठमाडौं । मेरो शेयरमा केही दिनका लागि बन्द भएकाे छ । मेरो शेयरमा समस्या आएपछि मंगलबार बेलुका ८ बजेबाट दिनका लागि बन्द गरिएकाे सीडीएससीले जनाएकाे छ ।

मेरो शेयरमा देखिएको समस्या सामधानका लागि थप सर्भर जडान गर्नु पर्ने भएकाले केही दिन मेरो शेयर नखुल्ने बताइएको छ । ‘मेरो शेयर सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्रविधिक समस्यहरु देखा पर्दै आएकोमा सो को समाधानको लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने देखिएकाले र सो सर्भर जडान गरि डाटा माईग्रेसन केही समयको लाग्ने भएकाले मिति २०७७/१२/१७ गते बेलुका ८ बजेबाट मेरो शेयर केही समयको लािग अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ’, सीडीएससीले भनेकाे छ ।

चैत १६ गतेको कारोबार गरेका इडीआएसको समय पनि थप गरिएको छ । सोमबार बेचेको शेयरको इडीआएस गर्ने समय चैत १८ गते विहान १० बजेसम्म थप गरिएको सीडीएससीले जानकारी दिएको छ ।

प्रतिक्रिया