किन रोयौ सुन्तली ?

नरेन्द्रमान श्रेष्ठ

कृषि विश्व विद्यालयका विद्यार्थीको प्रयोगात्मक अध्ययनका लागि अझै जग्गा विस्तार गर्नुपर्ने अवस्था छ । भएको जग्गा मासेर क्रिकेट रंगशाला बनाउनुको पछाडि ठूलै स्वार्थ समूहको चलखेल लुकेको हुनसक्ने अनुमानलाई नजरअन्दाज गर्न मिल्दैन । बिउवीजन उत्पादन गर्न प्रयोगमा आएको जग्गामा खेल मैदान बनाएर भारतबाट बिउवीजन आयत गर्नुपर्ने अवस्था सिर्जना गर्नुको सट्टा रंगशाला निर्माणका लागि अन्यत्रै (नारायणीको किनारतिर) जग्गा व्यवस्था गरेको भए सुनमा सुगन्ध हुने थियो ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । पछिल्लो अवस्थामा समाजसेवी भनेर चिनिएका हास्यकलाकारहरू सिताराम कट्टेल र कुञ्जना घिमिरेको भिडियो थियो त्यो । त्यस भिडियोमा कुञ्जना रोएको देखिन्छ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा रंगशाला निर्माण गरिरहेको छ । लगभग चार अर्ब रुपैयाँको बजेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना आपैmँमा महत्वकांक्षी हो । कुनै व्यक्तिका लागि चार अर्ब रुपैयाँ सानो रकम होइन । यो रकम जुटाउन नसक्दा आर्थिक संकट परेको र आपूmहरू ऋण डुबेको कारणले धुर्मुस–सुन्तली रोइकराइ गर्न लागेको चर्चा छ ।

यो आर्थिक संकटपछि धुर्मुस सुन्तलीलाई सहानुभूति दिनेहरू भन्दा खुच्चिङ भन्नेहरूको संख्या बढेको छ । कतिपयले भनाइमा घाँटी हेरेर हाड निल्नुपथ्र्यो भन्ने गरेका छन् । कुनै पनि काम गर्दा वा थाल्दा आफ्नो क्षमताले बुताले भ्याउने वा नभ्याउने हो आँकलन गर्नुपर्छ । आफ्नो बुताभन्दा बाहिर गएर काम थाल्यो भने रुनुपर्ने हुन्छ भन्ने टिप्पणी पनि हुन थालेका छन् । कतिपयको भनाइमा कृषि विश्व विद्यालयको जग्गा मासेर, चन्दा उठाएर चार अर्बको बजेटमा अन्तर्राष्टिय स्तरको क्रिकेट रंगशाला बनाउने निर्णय दुस्साहस हो । अहिलेको देशको अवस्थालाई हेर्दा यो काम आवश्यक नभएको टिप्पणी धेरैको छ । कतिपयको भनाइमा अहिलेको अवस्थामा चार अर्ब रुपैयाँ लागतको क्रिकेट रंगशाला देश र जनताको प्राथमिकतामा पर्दैन, त्यो पनि विश्वविद्यालयको जग्गा मासेर । तर रंगशालाको निर्माण आधाउधि सम्पन्न भइसकेकोले सक्नेले सक्दो सहयोग गरी कुनै पनि हालतमा पूर्णर्ता दिनुपर्ने भनाइ कतिपयको छ ।

देशको राजधानी काठमाडौमा रहेको दशरथ रंगशाला त उपयोगविहीन छ भने चितवनको भरतपुरबाट १० किलोमिटर टाढाको गाउँमा २५ हजार दर्शकको क्षमता रहेको क्रिकेट रगशाला किन आवश्यक प¥यो ? यसको उपादेयता के ? भन्ने प्रश्न अस्वभाविक होइन । कृषि विश्व विद्यालयका विद्यार्थीको प्रयोगात्मक अध्ययनका लागि अझै जग्गा विस्तार गर्नुपर्ने अवस्था छ । भएको जग्गा मासेर क्रिकेट रंगशाला बनाउनुको पछाडि ठूलै स्वार्थ समूहको चलखेल लुकेको हुनसक्ने अनुमानलाई नजरअन्दाज गर्न मिल्दैन । बिउवीजन उत्पादन गर्न प्रयोगमा आएको जग्गामा खेल मैदान बनाएर भारतबाट बिउवीजन आयात गर्नुपर्ने अवस्था सिर्जना गर्नुको सट्टा रंगशाला निर्माणका लागि अन्यत्रै (नारायणीको किनारतिर) जग्गा व्यवस्था गरेको भए सुनमा सुगन्ध हुने थियो ।

कृषि विश्वविद्यालयको जग्गा मासेर क्रिकेट रंगशाला बनाउनमा कसको स्वार्थ लुकेको छ ? भन्ने प्रश्न उठिरहँदा कतै सीताराम कट्टेल र कुञ्जना घिमिरे राजनीतिक षड्यन्त्रको गोटी त भइरहेका छैनन् ? उनीहरूलाई माफियाहरूले प्रयोग त गरिरहेका छैनन् ? भन्ने आशंकाले पनि चन्दा नउठेको हुनसक्छ । रंगशाला बनाउने योजना ल्याए लगत्तै कतिपय मिडियाहरूले विश्व विद्यालयको जग्गा सम्बन्धी कुरा उठाएका थिए । त्यतिबेला धुर्मुस–सुन्तलीले ख्याल गर्नुपथ्र्यो । सरकारले पनि ध्यान दिनुपथ्र्यो । क्रिकेट रंगशाला आमनागरिकहरूको प्राथमिकतामा नपर्ने भएकोले आवश्यक चार अर्ब रकम कसरी जुट्ला ? भन्ने तर्फ धुर्मस–सुन्तली त्यतिबेलै सचेत हुनुपथ्र्यो । यस्ता ठूला योजनाहरू आमनागरिकहरूको प्राथमिकता र आवश्यकतालाई ध्यानमा राखेर मात्रै अघि बढाउनुपर्छ भन्ने चेतना उनीहरूले राख्नुपथ्र्यो ।

त्यसो त क्रिकेटका रंगशालाहरू बनाउन आर्थिक लगानी गर्नै नहुने भन्ने पनि होइन । देश विकासका लागि खेलकुद क्षेत्रको पनि विकास हुनुपर्छ । क्रिकेट रंगशाला पनि आवश्यक छ । तैपनि देशमा हुने खेलकुदका गतिविधिप्रति ख्याल राख्नै पथ्र्यो । हाम्रो देशमा कतिवटा क्रिकेटका कतिवटा अन्तर्राष्टिय म्याचहरू हुने गरेका छन् ? त्यसको पनि लेखाजोखा गरिनुपथ्र्यो । २५ हजार दर्शक क्षमताको चार अर्ब खर्च गरेर क्रिकेटको रंगशाला बनाउन अहिलेको अवस्थामा चन्दा उठाएर संभव छ र ? भन्ने प्रश्न त्यतिबेलै खडा भएको हो । चन्दा उठाएर समाजसेवा हुँदैन, विवाद मात्रै हुन्छ भन्नेतर्फ धुर्मुस–सुन्तलीले ख्याल गर्नुपथ्र्यो ।

विगतमा धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पबाट घरबारविहीन भएका पीडितहरूका लागि दुई ठाउँमा घर–आवास बनाइदिएको थियो । त्यो नागरिकहरूका लागि अति आवश्यक थियो । पहिलो प्राथमिकतामा परेको थियो । त्यस कारणले पनि प्रर्याप्त चन्दा उठ्यो, उनीहरूको प्रशंसा पनि भयो, स्याबासी पनि पाए । तर, यसपाली भने उनीहरूले प्रशंसाभन्दा पनि आलोचनाहरू धेरै पाएका छन् । विगतको कामबाट प्रशंसा पाएकोले हो वा घमण्डले हो यसपालि आफ्नो क्षमता र बलबुताभन्दा बाहिरको परियोजनामा उनीहरूले हात हाले । त्यसै कारण अहिले रुनुपर्ने अवस्था आएको हो । देशका लोकप्रिय कलाकारहरू, समाजसेवीहरू, सामाजिक अभियन्ताहरू रुनुपर्ने अवस्था आउनु भनेको राम्रो भने होइन । यदि गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माण सम्पन्न भएको भए यसको स्वामित्व कसको हुने हो भन्ने पनि आमनागरिकहरूलाई जानकारीमा छैन ।

पछिल्लो अवस्थामा सरकार स्थानीय सरकार, कलाकार, नेता–सांसद सबै धरहरा, रंगसाला, भ्यू टावरहरू, सभाहलहरू बनाउन तल्लीन रहेको देखिन्छ । काठमाडांैमा चार अर्ब रुपैयाँ खर्च गरेर धरहरा बनिरहेको छ । चितवनमा पनि लगभग चार अर्ब रुपैयाँ खर्च गरेर क्रिकेट रंगशाला बनिरहेको छ । त्यसैगरी झापामा साढे दुई अर्ब रुपैयाँ खर्च गरेर भ्यू टावर बनाइँदै छ । अहिलेको अवस्थामा आमनागरिकहरूको र देशको आवश्यकता प्राथमिकता यहि हो त ? अहिलेको अवस्थामा देश र आमनागरिकहरूको प्राथमिकता र आवश्यकता भनेको शिक्षा, स्वास्थ्य, रोजगारी यातायात, कृषि उत्पादनलगायत हो । आमनागरिकहरूको प्राथमिकतामा गाँस, वास, कपास रोजगारी, शिक्षा र स्वास्थ्य हो । क्रिकेट रंगशाला भनेको सेकेन्डरी हो । काठमाडौंमा निर्माण भइरहेको धरहरा र चितवनमा निर्माण भइरहेको क्रिकेट रंगशालालाई देशको गौरबको आयोजना भनेर पनि कतिपयले भन्ने गरिरहेका छन् । यसले देश र आमजनाताहरूलाई प्रत्यक्ष रूपमा त्यस्तो के लाभ हुन्छ र ? बुझ्न सकिएको छैन । यदि कसैले आफ्नो निजी लगानीमा रंगशालाहरू बनाएमा कसैको पनि आपति भने हुने छैन होला ।

प्रतिक्रिया