यामाहाको नयाँ बर्ष योजना

काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८ योजना याएको छ । यो योजना अन्तर्गत प्रत्येक महिनाको विजेताले बम्पर पुरस्कार वापत् २० लाख ७८ हजार रुपैयाँ पाउने छन । साथै स्क्य्राच कार्ड मार्फत् ग्राहकले २ लाख ७ हजार रुपैयाँसम्मका सयौं पुरस्कार हरेक हप्ता प्राप्त गर्नेछन ।

ग्राहकलाई थप सुविधा दिने उद्धेश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजना ल्याएको हो । जस अनुसार मोटर साइकल तथा स्कूटर शुन्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईयामआई सुविधाका साथ पाउन सकिन्छ । नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिँदै यामाहा नेपालको सीईओ चिरञ्जिवी शाहले नयाँवर्ष २०७८ मा उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेको बताएका छन ।

प्रतिक्रिया