सालको काठसहित चारजना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० बाट अवैध सालको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय जोगीहिडीस्थित श्री पालुङगैरा सामुदायिक वनबाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा ना ६ त ५८६३ नम्बरको ट्याक्टरसहित सोमबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० जोगीडिहीका २५ वर्षीय अनिल लामा, २५ वर्षीय सुनिल लामा, ३० वर्षीय सोनाम लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का २९ वर्षीय सुजन सुनार रहेका छन् ।

ट्याक्टरमा राखेर अवैध रुपमा विक्रीका लागि राखिएको साल जातको काठ विभिन्न साइजको गोलिया १० थान र चिलाउने जातको विभिन्न साइजको गोलिया दुई थान बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका सबैलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोरखामा बुझाइएको उनको भनाइ छ ।

प्रतिक्रिया