राउतको ‘फिस्टे चरी’ सार्वजनिक

काठमाडौं । बारा सिमरालाई पुख्र्यौली थलो भएका गायक कृष्ण राउत र गायिका बेनिशा पौडेलको आवाज रहेको ‘फिस्टे चरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रञ्जिता राउतको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । गायक राउतले गायिका बेनिशा पौडेलसँग गरेको यो पहिलो सहकार्य हो । ‘यस गीत राम्रो बनाउनका लागि मलाई गायिका र संगीतकारले ठुलो सहयोग गर्नुभएको छ । उहाँहरुबाट म सन्तुष्ट छु’, गायक कृष्णले भने ।

यसअघि वान टु थ्री फोर, यो बादल, यो मन मान्दैन लगायतका गीत बजारमा ल्याइसकेका कृष्णको यो चौथो गीत हो । उनी भन्छन्, ‘अहिलेको जेनेरेसनले डान्सिङ प्याट्रनको गीत मनपराउने भएकाले सोहीअनुरुप यो गीत तयार गरिएको हो । वान टु थ्री फोर ले मलाई डान्सिङतिर जान बाध्य गरायो । त्यसकारण मैले यस प्रकारको गीत तयार गरेको हुँ ।’

सुनिता सिजाली मगरले निर्देशन गरेको गीतको भिडियो छायांकन सुशिल बानियाँ र सम्पादन सुनिल श्रेष्ठले गरेका हुन् । ह्यान्ड टु ह्यान्ड क्रिउको कोरियोग्राफी रहेको भिडियोमा रपिल महर्जन र ऐश्वर्या राईलाई फिचरिङ गरिएको छ । भिडियोमा प्रशान्त तामाङ, सञ्जय मगर, एनि श्रेष्ठ र बर्षा अधिकारीको नृत्य रहेको छ ।

प्रतिक्रिया