आहा ! मेलम्चीको पानी

आइतबारदेखि राजधानी काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न थालेका छन् । मेलम्चीको मुहान पुग्न काठमाडौं उपत्यकाबाट ५५ किलोमिटर सडक दुरी पार गर्नुपर्छ । मुहानबाट २७ किलोमिटर सुरुङ खनी मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा खसालिएको छ । एक महिनाअघि उपत्यकाको सुन्दरीजलमा खसालिएको पानी आइतबारदेखि काठमाडौंवासीको घरघरका धारामा प्रवाह गरिएको छ । आफ्नो घरको धारामा मेलम्चीको पानी खस्न थालेपछि काठमाडौंवासीको खुसीको सीमा छैन । यति लामो दुरीबाट खानेपानीको आपूर्ति नेपालका अन्य सहरमा त छ“दै छैन, विश्वका थोरै सहरमा मात्रै गरिएको छ । मेलम्ची हिमाली क्षेत्रबाट उत्पन्न भएको खोला हो । त्यसैले मेलम्चीको पानी शुद्ध मात्रै होइन स्वादिलोसमेत छ । यति शुद्ध र स्वादिलो पानी विश्वका थोरै सहरमा मात्रै आपूर्ति भएको छ । ढिलै भए पनि खानेपानीका मामिलामा राजधानीवासीले अब आफूलाई भाग्यमानी महसुस गर्दैछन् । तर अझै परीक्षणकै क्रममा रहेकोले ढुक्क हुने अवस्था छैन । अहिले परीक्षणका रूपमा केही सीमित धारामा मात्रै खसालिएकोे हो । परीक्षण सफल भएपछि यही चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विशेष समारोहका साथ खानेपानीको धारा उद्घाटन गर्ने कार्यक्रम सरकारले तय गरेको छ ।

‘मेलम्चीको पानी आयो, अब काकाकुलको नियती बेहोर्नु पर्दैन’ भनेर राजधानीवासी ढुक्क हुनुपर्ने अवस्था भने छैन । १० वर्ष अगाडिको मागलाई आधार बनाएर तयार गरिएको आयोजना पूरा भएको हो अहिले । १० वर्षको अवधीमा खानेपानीको माग १३ करोड लिटर बढिसकेको छ । त्यसैले मेलम्चीबाट थपिने दैनिक १७ करोड लिटर पानीले राजधानी काठमाडौंको खानेपानीको आवश्यकता पूरै संवोधन गर्दैन । अझै पनि वर्षायामका चार महिनाबाहेक दैनिक १३ करोड लिटर पानी अपुग हुन्छ । काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण हु“दै आएको छ । सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । जसमध्ये ४० प्रतिशत त पुराना पाइपलाइनको कारण चुहावट हुने गरेको छ । अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिनेछ । यसरी खानेपानीको आपूर्ति ३० करोड लिटर पुग्नेछ । नया“ प्रणालीका लागि बिछ्याइएका ११ सय किलोमिटर पाइपमध्ये दुई सय किलोमिटर मात्र परीक्षण भएको छ । जसमा १५ प्रतिशत चुहावट हुने अनुमान गरिएको छ ।

काठमाडौंमा खानेपानीको माग हरेक वर्ष एक डेढ करोड लिटर वृद्धि हुने गरेको छ । मेलम्चीको पुरक आयोजना निर्माण तत्काल थालनी नगर्ने हो भने काठमाडौंको खानेपानी समस्या जस्ताको तस्तै रहन्छ । मेलम्चीको मुहानभन्दा पूर्वतर्फ ११ किलोमिटर सुरुङ बनाएर लार्के र यांग्री खोला मिसाउने आयोजना नै मेलम्चीको पुरक आयोजना हो । यो आयोजनाबाट दैनिक ३४ करोड लिटर पानी थप्न सकिन्छ । तर, यो काम सम्पन्न गर्न मेलम्ची जस्तै २२ वर्ष लाग्यो भने कुनै अर्थ रहन्न । २७ किलोमिटर लामो सुरुङ निर्माण गर्ने, ११ सय किलोमिटर पाइप लाइन निर्माण गर्ने जटिल काम सम्पन्न भइसकेकेको छ । अब पुरक आयोजनाका लागि एउटा नौ किलोमिटर र अर्को दुई किलोमिटर सुरुङ बनाए पुग्छ । सरकारको इच्छा शक्ति हुने हो भने यो ठूलो कुरा होइन, तीन वर्षभित्रै सम्पन्न गर्न सकिन्छ । विगत २२ वर्षको जस्तै नियति झेल्नुपर्ने अवस्था आउन नदिन नागरिक समाज पनि जागरुक बन्नुपर्छ । बोरिङबाट निकालिएको पानी जार, ट्यांकर र बोत्तलमा भरेर महँगो मूल्यमा बेच्न पल्केका व्यापारीहरूले मेलम्चीको पुरक आयोजना (यांग्री र लार्के) मा अवरोध नपु¥याउलान् भन्न सकिन्न ।

प्रतिक्रिया