चीनले अनुदानमा दिएको कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ। चीनले प्रदान गरेको खोप लिएर नेपाल एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौँ आइपुगेको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । चीनले नेपालका लागि उपलब्ध गराएको भ्याक्सिन सार्स कोभ २ भ्याक्सिन (भेरोसेल) सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो । यो खोप पनि दुई डोज लगाउनुपर्छ ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णय बमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भए अनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोप लगायत सहायता सामग्री लिन निगमको जहाज आइतबार बेइजिङ गएको थियो ।योसँगै भारतले अनुदानमा दिएको १० लाख डोज, नेपाल आफैले किनेको १० लाख डोज गरि नेपालमा अहिलेसम्म २८ लाख डोज कोरोनाविरुद्धको खोप भित्रिएको छ ।

प्रतिक्रिया