होली मेलामा भएको झडपमा हराएका युवा सम्पर्कमा आए

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा हराएका युवाहरु सम्पर्कमा आएका छन् ।

झडपमा परी हराएका भनिएका ७ जना युवा सम्पर्कमा आएका हुन् र उनीहरु सामान्य घाइते छन् । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच आइतबार झडप हुँदा दुईको मृत्यु भएको थियो । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् ।

कुँवर र दमाइको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए । दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए ।

प्रतिक्रिया