अर्थबजार

सिटिजन्स बैंकको एकिकृत कारोबार

सौर्य अनलाइन २०७७ चैत १४ गते २०:१५ मा प्रकाशित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । सिटिजन्सले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछिको कारोबार सुरु भएको हो । बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

दुवै बैंकले आ–आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरेका हुन् । दुवै बैंकले गत १ कार्तिकमा प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो । बैंकको हालको चुक्तापूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्तापूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय