प्रदूषणले काठमाडौं उपत्यकालाई ढाक्यो

शुक्रबार मध्यान्हदेखी काठमाडौं उपत्यकाको आकाशलाई प्रदूषणले ढाकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै सावधानी अपनाउन र घरमै बस्न अपील जारी गरेको छ । मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न, धूलोधुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र सवारी साधन वा पेसा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषण कम गर्न अत्यावश्यक नभई सवारी साधनहरु नचाउन आग्रह गरेको छ ।

प्रतिक्रिया