मानवअधिकार रक्षक सञ्जाल कालिकोटको संयोजकमा चौलागाँई

कालिकोट । पछिल्लो समय मानवअधिकार सम्बन्धी विभिन्न संस्थाहरुले काम गरे पनि अधिकारको प्रत्याभुती गराउन सकिरहेका छैनन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट थुप्रै रकम विनियोजन भए पनि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले नागरिकका गुनासा नसुकेको आरोप लाग्छ ।

मानवअधिकार सम्बन्धी काम गर्दै आएको इन्सेक कार्यालयले भने नागरिकहरुको अधिकारका लागि अघि सरेको देखिन्छ । कालिकोट जिल्ला मानवअधिकार रक्षक सञ्जाल शुक्रबार मान्ममा गठन भएको छ । ‘इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा संचालित मानवअधिकार रक्षकहरुको सवलीकरण कार्यक्रमअन्तर्गत जिल्ला मानवअधिकार रक्षक संजाल गठन गरिएको हो ।

उक्त कार्यक्रमले डिल्लीप्रसाद चौलागाईंलाई सर्बसहमत संयोजक तथा सह–संयोजकमा दक्षिणा शाहीसहित १३ सदस्यीय सञ्जाल गठन भएको छ । कार्यक्रमका अतिथि तथा जिल्ला वार एशोसियसन कालिकोटका अध्यक्ष दमन बहादुर बम, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी गैर सरकारी संस्था महासंघ कालिकोटका दिलिप कुमार शाहीले मानवअधिकार सञ्जालमा रहेपछि अनुशासन र आचरणको कुरामा ख्याल गर्नुपर्ने र आफू र आफ्नो संस्थाबाट हुने सहयोग भरपुर रहने बताएका छन् ।

मानव अधिकारका क्षेत्रमा काम गर्ने भएपछि नागरिकहरु पीडा र गुनासाहरु सुनी न्यायको बाटोमा हिँडाउनु आफ्नो मुख्य कर्तव्य रहेको संयोजक डिल्ली प्रसाद चौलागाँईले बताए ।

कार्यक्रममा बोल्दै कालिकोट इन्सेक प्रतिनिधि कालीबहादुर मल्लले मानवअधिकार र मानव अकिारका बारेमा सानादेखि ठूलासम्म सबैलाई एकनासको व्यवहार गर्नु र मानव भएर जन्मेपछि जन्मसिद्ध अधिकारलाई मानव अधिकारका रुपमा प्रष्ट पार्दै कार्यक्रमका नयाँ चयन सदस्यहरुलाई बधाई दिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया