आइएमई मोटर्सद्वारा दमकल हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सन्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी दमकल हस्तान्तरण गरेको छ । कम्पनीले बताए अनुसार उक्त दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उपप्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका संचारकर्मीको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनलफायर सेफका प्रमुख खगेन्द्र कार्कीद्वारा एक थान दमकल हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा नगर प्रमुख फागोले सुबिधा सम्पन्न दमकल नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा खुसी लागेको बताए । साथै, आगलागिका घटना हुना साथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए ।

प्रतिक्रिया