विद्यालय जाँदा भीरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

डोटी । भीरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी सात वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलबार बिहान साढे ८ बजे बिद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भीरबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया