‘अनन्तयात्रा’ लोकार्पण

स्याङ्जा । कवि अनन्त अर्यालको नवीनतम कविताकृति ‘अनन्तयात्रा’ बजारमा आएको छ । गुप्ततारा स्मृति प्रतिष्ठानको आयोजनामा वालिङ, मिर्दिस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीले उक्त कृतिको लोकार्पण गरे । उनले कवि अर्यालले कवितामार्फत समाजमा नयाँ सन्देश दिन खोजेको बताए । वनवासीले कविता मानिसको हृद्य छुने खालको हुनुपर्ने जनाउँदै कवि अनन्तले आममानिसको मनोभावलाई उठान गरेको सुनाए ।

कार्यक्रममा साहित्यकार त्रिलोचन ढकाल र शिक्षासेवी गोपाल गैह्रेले कवि अर्यालका कवितामाथि चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरे । कवि शम्भु अर्यालले कृतिमा समसामयिक सन्दर्भ र नेपाली परिवेशका कविता अटाएको बताए । उनले भने, ‘मोफसलमा रहेर पनि कवि अनन्तले नेपाली माटोको सुगन्धलाई कवितामा उतार्न सफल भएकोे हुनुभएको छ ।’ उनले कवितामा समाज र राजनीतिलाई सटिक र सापेक्षित रुपमा उधिनिएको जिकिर गरे । कृतिमाथि टिप्पणी गर्दै लक्ष्मीप्रसाद रेग्मीले समयापेक्ष कविताले नेपाली राजनीति, समाज, प्रकृति तथा आममानिसको मनोविज्ञानलाई समेटेको विचार व्यक्त गरे । कार्यक्रमको सभाध्यक्षको रूपमा प्रतिष्ठानका अध्यक्ष तथा कवि अनन्त अर्याल रहेका थिए ।

कार्यक्रममा वसन्त खनालले कविताकृतिमार्फत कवि अनन्त अर्यालले नेपाली समाज र परिवेशलाई चित्रण गरेको बताए । कार्यक्रमको सहजीकरण मिलन समीरले गरेका थिए । सो अवसरमा वसन्ती अधिकारी, पराजित रेशम गोतामे, सन्ध्या अधिकारी, सुदीप सुवेदी, खगेन्द्र अर्याल, राज भट्टराई, युवराज सुवेदी, कृष्णप्रसाद न्यौपाने, नारायणप्रसाद रेग्मी, बोधराज न्यौपाने, गुप्तबहादुर श्रेष्ठ, सुर्यप्रसाद डुम्रे, परिशोर न्यौपाने, सीताराम अधिकारी, कमल बगाले, प्रेमप्रसाद सुवेदी, आदित्य अधिकारी, शम्भु अर्याल, वसन्त खनाल, लक्ष्मीप्रसाद रेग्मी, लेखनाथ काफ्ले, अग्निकुमार पल्लव, नम्रता थापा र मिलन समीर लगायतले कविता, गजल तथा मुक्तक र ‘अनन्तयात्रा’ कविताकृतिभित्र समावेश केही कविता वाचन गरेका थिए ।

प्रतिक्रिया