सक्षम बौद्धिक नेतृत्वको आवश्यकता

केबी बस्नेत

वर्तमान नेपालमा बौद्धिक इमानदारी र विचारको खाँचो छ । साधारणतया यहाँको राजनीतिक कूटनीतिक र कानुनी क्षेत्रमा दुई किसिमका बौद्धिक वर्ग छन् । पहिलो वर्गका बुद्धिजीवीहरूले नेपालको सुरक्षाको सट्टा चीनको सुरक्षामा चासो राख्छन् भने अर्काले नेपालको सट्टा भारतको सुरक्षामा ।

बुद्धिजीवीहरू समान विचारधाराका हँुदैनन् । कोही प्रगतिशील विचारधाराका हुन्छन् भने कोही प्रगति विरोधी । त्यसैले उनीहरू कुन पक्षमा छन् भन्ने कुरा महत्वपूर्ण छ । बुद्धिजीवीहरू यस्ता सचेत मानिसहरू हुन्, जसले आपूm बाँचिरहेको समाज र सामाजिक अवस्था यदि समय र परिस्थिति अनुकूल छ भने सामाजिक जीवनलाई समृद्ध बनाउनका लागि आपूmहरूलाई सम्पूर्ण रूपले समर्पित गर्दछन् । तर, यदि आफू बाँचिरहेको सामाजिक व्यवस्था समय र परिस्थितिको प्रतिकूल छ भने समय र परिस्थिति अनुकूल सामाजिक व्यवस्था स्थापनाका लागि आपूmलाई सम्पूर्ण रूपले समर्पित गर्दछन् ।

एकजना अमेरिकी विद्वान वट्र्रन रसेलले बुद्धिजीवीहरूको परिभाषा यसरी गरेर सामाजिक जीवनमा बुद्धिजीवीहरूको स्थान र दायीत्व बारे सचेत पार्ने प्रयत्न गरेका छन् । उनले अरू प्रष्ट पार्दै भनेका छन्, ‘कुनै व्यक्ति आफूलाई बुद्धिजीवी सम्झन्छ भने आफ्नो समाजका लागि उसले गरेको निःस्वार्थ योगदान र उसले प्राप्त गरेको सामाजिक पहिचानवाट आफूलाई नापेर हेर्न प्रयत्न गरोस् तर यदि उसले आपूmलाई उसले प्राप्त गरेको एकेडेमिक प्रमाणपत्रबाट मात्र घमण्डका साथ आफूलाई नाप्ने गर्दछ र अहंकार गर्दछ भने ऊजस्तो निरीह बिचरो यो दुनियाँमा केही हुँदैन ।’ उसले प्राप्त गरेको प्रमाणपत्र त केवल रोटी कमाउ धन्दाका लागि हो र या त ढोंग हो । कसैले विश्वविद्यालयबाट कनिकुथि प्राप्त गरेको प्रमाणपत्रकै आधारमा आफूलाई संसारको नम्बर एक बुद्धिजीवी ठान्दछ र यो दुनियाँमा आफूबाहेक विद्धान अरू कोही नभएको घमण्ड गर्दछ र अहंकार गर्दछ भने ऊ मुर्ख हो । सच्चा बुद्धिजीवीले ज्ञानरूपी सागरमा आफूलाई सधैँ शिष्य भएको स्वीकार गर्दछ ।

विश्वविद्यालयबाट प्राप्त डिग्रीलाई नै विद्वता ठान्ने मानिस निकृष्ट व्यक्तिगत स्वार्थभन्दा कहिल्यै माथि उठ्न सक्दैन । समाजप्रति आफ्नो उत्तरदायित्व रहेको महसुस गर्ने चेतना हुँदैन र यथास्थितिको पाठपूजा गर्नमा नै उसले आफ्नो जीवन बर्बाद गर्छ । उसको जीवन र मृत्यु दुबै पहिचान हिन हुन पुग्दछ । दोस्रो प्रकारका बुद्धिजीवी जसमा दुनियाँ बुझ्ने र बदल्ने चेतना साहस र सामथ्र्य हुन्छ । त्यस्ता प्रकारका बुद्धिजीवीहरूले घमण्ड र अहंकारको महारोगबाट मुक्त भएर समाजप्रति आफू उत्तरदायी रहेको समाज, देश र दुनियाँप्रति आफ्नो कर्तव्य र हिस्सा पूरा गर्नमा चिन्ता र चिन्तन दुबै गर्ने गर्दछन् । यस्ता सचेत बुद्धिजीवीहरूले मात्र मानव समाजको विकासमा आफ्नो अमूल्य योगदान दिएर गएका छन् । देश र जनताप्रति आफ्नो भूमिका निर्वाह गरेर गएका छन् । इतिहासमा उनीहरूको उल्लेख्य योगदान अंकित हुन्छ ।

आधुनिक नेपालको बौद्धिक द्वन्द्व प्रजातन्त्रको थालनीसँगै सुरु भयो । आधुनिक नेपालको सन्दर्भमा भन्ने हो भने तत्कालीन प्रधानमन्त्री विशेश्वरप्रसाद कोइराला र योगी नरहरि नाथलाई नेपालको प्रतिनिधि बुद्धिजीवीहरू रूपमा अंगीकार गर्न सकिन्छ । विशेषतः दुवैका प्रकाशित पुस्तक, लेख र विचारका आधारमा फरकफरक अडान थिए । तर, दुवै जना नेपालको हितमा थिए । फरक यत्ति हो कि कोइराला युगको पदचाप अनुसार अघि बढे, योगीले युगको पदचाप बुझ्ने प्रयत्न नै गरेनन् । आफ्नो बौद्धिकतालाई शासकको स्वार्थमा चढाए । अर्को शब्दमा भन्नुपर्दा कोइरालाले नेपालको विकासका लागि बौद्धिक, लोकतान्त्रिक र प्रगतिशील रुपमा समाधान खोजे भने योगीले बहुदलीय लोकतन्त्रविरुद्ध परम्परागत समाधानको बाटो खोजे । वास्तवमा योगीले कोइरालाको विचारलाई धमिल्याउन निकै परिश्रम गरे र केही हदसम्म सफल पनि भए । कोइराला र योगीको समयदेखि हालसम्म पनि नेपालमा राजनीतिक अस्थिरता विद्यमान छ । यहाँ आन्तरिक तथा बाह्य समस्याहरू धेरै भए पनि सही बौद्धिक समाधानको आभाव छ । त्यसैले वर्तमान समयमा यहाँको बौद्धिक वर्ग नै छलफलको विषय हुन आवश्यक छ । खासगरी यहाँ अन्तर्राष्ट्रिय कानुन, राजनीति र कूटनीति क्षेत्रका बौद्धिक वर्गको धरै खाँचो छ ।

वास्तवमा जहाँ ज्ञान विरोधी नेतृत्व सत्तामा हुन्छ त्यहाँ अन्धकार हुन्छ र त्यस्ता नेतृत्वका नेताहरूले ज्ञान विरोधी अभिव्यक्ति दिन्छन् । जहाँ सत्तामा बौद्धिक नेतृत्व छ, त्यहाँ कुनै पनि समस्या समाधानका उपायहरू पहिल्याउन सहज हुन्छ । स्पष्टीकरणका लागि नेपाल र चीनको सीमा निर्धारण गर्दा अन्तर्राष्ट्रिय कानुन, राजनीति र कूटनीतिको बौद्धिक रूपमा प्रयोग गरिएको थियो । नेपालका तत्कालीन प्रधानमन्त्री विशेश्वरप्रसाद कोइराला र चिनियाँ नेता माओलाई राजनीति र कूटनीतिका कुशल विज्ञ मान्न सकिन्छ । यथार्थतः नेपालका उदारवादी राजनेता कोइरालाले चीनको तत्कालीन कम्युनिस्ट पार्टीका शक्तिशाली नेतासँग वार्ता गरेर सीमा सम्झौता गर्नु सजिलो काम थिएन । यसलाई एक ऐतिहासिक उदाहरणको रूपमा लिन सकिन्छ ।

वर्तमान नेपालमा बौद्धिक इमान्दारी र विचारको खाँचो छ । साधारणतया यहाँको राजनीतिक कूटनीतिक र कानुनी क्षेत्रमा दुई किसिमका बौद्धिक वर्ग छन् । पहिलो वर्गका बुद्धिजीवीहरूले नेपालको सुरक्षाको सट्टा चीनको सुरक्षामा चासो राख्छन् भने अर्काले नेपालको सट्टा भारतको सुरक्षामा । नेपालका उदारवादी र बामपन्थी विचारका बुद्धिजीवीहरू आत्माआलोचनामा चासो देखाउँदैनन् । केही बामपन्थी बुद्धिजीवीहरू आवश्यकताअनुसार कहिले धार्मिक र कहिले धर्मनिरपेक्ष हुने गर्दछन् । अझै अर्को समूहका बुद्धिजीवीहरू पनि छन् जसले जातिवाद र मानवशास्त्रबीचमा स्पष्ट भिन्नता देख्दैनन् । उनीहरूमध्ये धेरैले धर्म र संस्कृतिबीच फरक छुट्याउन सक्दैनन् र पहिचान तथा प्रतिनिधित्वको बारेमा असफल छलफल गर्दछन् ।

नेपालका रुढीवादी बुद्धिजीवीहरूले जातीय प्रणालीको पदानुक्रमलाई जायज ठान्छन् । वास्तवमा २१औँ शताब्दीमा यो भन्दा अमानवीय विचार अरू हुन सक्दैन । एक अर्को प्रकारका बुद्धिजीवीहरू पनि छन् जो एकअर्कालाई लडाई आनन्द लिन चाहन्छन् । यसको उदाहरण गोर्खाविरुद्ध मधेस हो । नेपालमा अर्काथरी बुद्धिजीवीहरू पनि छन् जसले वर्तमान युगलाई वैश्य युग भनी नश्लवादलाई प्रोत्साहन गर्दै नेपाली समाजका विभिन्न समुदायको अपमान गर्दछन् । वास्तवमा परम्परावादी बुद्धिजीवीहरूले ऐतिहासिक अन्यायलाई स्वीकार गर्दैनन् । नेपालको वर्तमान संविधानले नागरिकहरूलाई जातिको पदानुक्रममा वर्गीकृत गरेको प्रष्ट छ । यो संविधानको आधारभूत सिद्धान्त विपरीत छ । यो बौद्धिक वर्गको ठूलो अज्ञानता हो । किनभने जातीय आधारमा मानवलाई वर्गीकृत गर्नु कुप्रथालाई फेरि जीवित गर्नुजस्तै हो ।

यथार्थतः एक सभ्य र दिगो समाज निर्माणका लागि बुद्धिजीवीहरूको व्यक्तिगत र सामूहिक ज्ञान, कौशल, दृष्टिकोण, इमानदारी आदि विस्तृत छलफलको विषय हुनुपर्छ । केही अपवादबाहेक धेरैजसो बुद्धिजीवीहरू शान्तिको नजिक पुग्न इच्छुक देखिन्छन् । जुन हालसम्म पनि विश्वव्यापी समस्या भएको छ । विश्व परिस्थितिको उतार चढावहरूसँगै नेपालले आफ्नो पक्षमा कसरी अनुकूल परिस्थिति सिर्जना गर्ने भन्ने विषयमा खास छलफल भएको छैन । कम्युनिस्ट बुद्धिजीवीहरू समाजवादको सपनासँग बाँचिरहेका छन् भने गैरकम्युनिस्टहरू उदार अर्थतन्त्रको सपनासँग बाँचिरहेका छन् ।

नेपाली बुद्धिजीवीहरू चिनियाँ र भारतीय परियोजनाहरूको पक्ष र विपक्षमा वकालत गर्दछन् । तर, उनीहरू यहाँको हित हुने कुरामा गम्भीर छलफल गर्दैनन् । त्यसैले हालसम्म पनि उनीहरूबाट यहाँको हितका लागि ठोस योगदान पुग्न सकेको छैन । वर्तमान समयमा नेपाल नाजुक स्थितिमा छ । किनभने यहाँको परम्परागत संरचना भत्किएको छ, तर नयाँ प्रणाली अझैसम्म पनि पूर्ण रूपमा स्थापना गरिएको छैन । यस्तो संकटको समयमा बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण हुन्छ र हुनुपर्छ पनि किनभने यहाँको परिवर्तन र चुनौतीको सामना गर्न उनीहरूका विचारको धेरै आवश्यकता पर्छ ।

यसै सन्दर्भमा नेपालका कानुनविद, कूटनीतिज्ञ र राजनीतिमा संलग्न नेतृत्ववर्गले अपेक्षित सामूहिक काम गरिरहेका छन् वा छैनन् ? यदि छैनन् भने कसले तिनीहरूलाई रोकिरहेको छ ? आदि कुराहरूमा लेखाजोखा गर्न नितान्त आवश्यक छ । विशेषतः यहाँको आन्तरिक एकता, सामाजिक न्यायको साथै चीन, भारत र लिम्पियाधुरामा भारतीय सैन्य उपस्थिति तथा अन्य वैदेशिक मामिलाहरूमा बुद्धिजीवीहरूको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ । यसो गर्न सकेमा मात्र उनीहरूको ठोस योगदान देखिनेछ र देशको पनि भलो हुनेछ ।

प्रतिक्रिया