४० वर्षपछि रिहा भए दुर्गाप्रसाद

काठमाडौं । कोलकत्ताको कारागारमा विना सुनुवाई ४० वर्षदेखी रहेका इलाम माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना रिहा भएका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् । कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिवार दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका हुन् ।

उनका वकिल हीरक सिन्हाले भने, ‘उनको मुद्दा सकिएको होइन । तर उनको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालते रिहा गर्न आदेश दिएको हो ।’ तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो । त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिवार रिहा भएका हुन् । उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ÷छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ ।

दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए । तोरीको पोको बेच्नका लागि भनेर इलामको मंगलबारे हिँडेका उनी घर फर्किएका थिएनन् । त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ । उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए । त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका काकाका छोरा प्रकाशचन्द्रले बताएका थिए । उनलाई बिनासुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा रहेका थिए ।

प्रतिक्रिया