खोजखबर

मुगुमा घोडाबाट लडेर एक बालकको मृत्यु

सौर्य अनलाइन २०७७ चैत ७ गते २०:०६ मा प्रकाशित

मुगु । मुगुमा घोडाबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नं ८ सिगाडी बस्ने हस्त रावलका छोरा वर्ष १५ का राजेन्द्र रावलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुले दिएको अनुसार माथिल्लो मिलि चौर स्थित आफ्नै घोडामा चडेर चराउन गएको अवस्थामा एक्कासि घोडा तर्सिदा घोडाको काँटिको डोरीमा खुट्टा अल्झन गई १ सय ५० मिटर पर सम्म लतारिन जाँदा शरीरको विभिन्न भागमा चोटपटक लागि घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय मुगुमा ल्याई थप अनुसन्धान भई रहेको जानकारी गराए । मृतक बालक कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई घोडामा सवार गराई सेवा दिंदै आईरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय