राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन ओलीको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले यस्तो चुनौती दिएका हुन् ।

‘प्रधानमन्त्रीबाट राजीनामा माग्नेहरुलाई अविश्वास प्रस्ताव राख्न चुनौती दिन्छु,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने । पछिल्लो समय चौतर्फी रुपमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ । उनले नेता माधवकुमार नेपाललाई लक्षित गर्दै ‘आफूसँग हारेको मान्छेले फेरि किन अध्यक्ष मागेको ?’ भन्दै प्रश्न गरे ।

प्रतिक्रिया