काठमाठौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदले जनताका प्रतिनिधिका रूपमा उच्चतम भूमिका निर्वाह गर्ने बताएका छन् । जिपी कोइराला कलेजको स्थापना दिवस तथा गिरिजाप्रसाद कोइरालाको ११औं स्मृतिदिवस कार्यक्रमलाई संबोधन गर्दै सभामुख सापकोटाले संसद पुनर्स्थापनाका लागि नागरिकले देखाएको ऐक्यबद्धता उच्च प्रसंशनीय रहेको बताए ।
नेपाली जनताको एकता जिन्दावाद १ भन्दै भाषण सुरू गरेका सभामुख सापकोटाले संसदमा केही अन्योल देखिए पनि त्यो अन्योल लामो समय नरहने बताए । ‘नेपाली जनताको महान एकता जिन्दावाद भन्न चाहन्छु । जनताको एकताको बलमा संविधानको रक्षा भएको छ। प्रतिनिधिसभाको नेतृत्वको हैसियतमा भन्न चाहन्छु संसदले जनअधिकार र जनआवाजको उच्चतम अभ्यास गर्ने छ ।’
संसदमा केही अन्योल देखिए पनि त्यो लामो समयसम्म नजाने उनको विश्वास छ । उनले भने, ‘संसदले जनआवाजको रूपमा काम गर्नेछ। सबैको आवाज संसदबाटै प्रतिविम्बित हुनेछ ।’
प्रतिक्रिया