नेशनल माइक्रोफाइनान्सको सातौं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा सम्पन्नभएको छ । १८ असार २०७१ देखि सन्चालनमा आएको संस्थाले बिहिबार आयोजन भएको साधारण सभाले आ.व.२०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरि सभा सम्पन्न गरेको हो । सञ्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा बसेको सभाले अध्यक्षले पेश गरेको आ.व.२०७६/७७को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाको सातौ साधारणसभामा सर्वसाधारण शेयर धनितर्फबाट २ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन । सभाले नयाँ सञ्चालकमा क्रमशः नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको छ ।सभा ले आ.व. २०७६÷७७को नाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस गरि २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । सभाले प्रस्ताव पारित गरे पश्चात संस्थाको चुक्ता पुंजी २६ करोड ४०लाख ४५हजारबाट बृद्धि भई ३१ करोड९४ लाख ९४हजार पुगेको छ ।

चालु आ.व. २०७७÷७८ को हाल सम्म हिमाल, पहाड र तराईका गरि ६५ वटा शाखा कार्यालय मार्फत संस्थाको पहुच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पु¥याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड तथा बचत १ अर्ब ९५ करोड भन्दा बढि सदस्यवाट संकलन गर्न सफल भएको छ ।कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले निकट भविष्यमा संस्थाले ७७ जिल्लामा बित्तीय पंहुच पुर्याउने, आधुनिक प्रविधी मैत्री सेवा तथा ग्राहक सदस्यमा उद्यम शिलता विकासका साथै बित्तीय साक्षरतामा बिशेष जोड दिने जस्ता कार्यक्रम संचालन गर्ने पनि बताएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया