गुञ्जिए बासकोटा

काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा पोखरास्थित किंग्स लाउञ्जमा बुधबार साँझ गुञ्जिएका छन् । पोजेटिभ भाइब्स र किंग्स लाउञ्जले संयुक्त रुपमा आयोजना गरेका उक्त कार्यक्रममा कालीप्रसाद आफ्नो ब्याण्डसहित गुञ्जिएका हुन् ।

कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि ब्याण्डसँग प्रस्तुत भएका हुन् । ‘दुई वर्षपछि पोखरामा ब्याण्डसँग गीत गाएँ । कोभिड महामारीपछि चाहिँ यो मेरो पहिलो कन्सर्ट हो’, कालीप्रसादले भने ।

कार्यक्रममा कालीले ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरुमा’, ‘लप्पन छप्पन’ लगायतका झण्डै दश बढी गीत गाएका छन् ।

प्रतिक्रिया