सेजका उद्योगीको अनुमती खारेजीको तयारी

काठमाडौं । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)का ९ उद्योगीको अनुमतिपत्र रद्द गर्ने तयारी गरेको छ । उनीहरूले कुल क्षेत्रफलको ४७ प्रतिशत जग्गा ओगटेर बसेको । विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ । त्यस्ता उद्योगीले प्राधिकरणका ७९ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर उद्योगीहरूले अनुमति लिएपछि लथालिंग छोडेपछि खारेजी गर्न लागिएको हो ।

खारेजीका तयारी गरिएका उद्योगहरुमा एस प्लास्टिक प्रडक्ट्स, निर इन्डष्ट्री प्राली, जय बुद्ध मेटल क्राफ्ट, आइडिएस इलेक्ट्रिक, क्रियसन्स वर्ल्डवाइड, अरिबा एग्रिकल्चर, नेसनल अर्गानिक्स, अरिहन्त एग्रो–प्रोसेसिङ लगातयका रहेका छन । उद्योगीले ७९ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । ती उद्योगीहरूलाई करिब एक महिनाअघि प्राधिकरणले स्पष्टिकरण सोधेको थियो । तर, हालसम्म दुई उद्योगीले मात्रै स्पष्टिकरण दिएका छन ।

तीन वर्षदेखि उद्योग सञ्चालन नगरी ५१ हजार ९ सय ७ वर्ग मिटर जग्गा ओगटेर बसेका ९ उद्योगीको अनुमति पत्र रद्द गर्ने निष्कर्षमा विशेष आर्थिक क्षेत्र प्राधिकरण पुगेको हो । सेजमा ६० प्रतिशत निर्यात गर्ने शर्तमा उद्योग सञ्चालन गर्न अनुमति दिने गरेको प्राधिकरणका उपसचिव लवराज जोशीले बताएका छन । उनले भने,‘ निर्यात गर्ने शर्तमा १७ उद्योगलाई अनुमति दिइएको छ ।’प्राधिकरणका अनुसार सञ्चालनमा चार उद्योग मात्रै सञ्चालनमा आएका छन् । त्यसबाहेकका उद्योगीहरूले निर्माण कार्य गरिरहेका छन् ।

अनुमति लिएका उद्योगले २ सय २० रोपनी १४ आना जग्गा ओगटेका छन् । १७ उद्योगले सेजमा दुई अर्ब ६३ करोड ९१ लाख २१ हजार ६ सय २६ रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरेका छन् । सबै उद्योग सञ्चालनमा आएमा एक हजार ३ सय ८८ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । भैरहवा सेज अन्तर्गत ६८ प्लटहरू छन् । जसमा ४८ प्लट भाडामा लगाइएको छ । २० प्लटहरू अझै भाडामा लगाउन बाँकी रहेको उल्लेख छ ।

प्रतिक्रिया