पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषको लगानी आवश्यक

काठमाडौ । पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन । नागरीक लगानी कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताएका हुन । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको पनि बताए ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराइले चालु आर्थिक बर्षको फागुन मसान्त सम्म कोषले संचालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३ अर्ब ३० करोड रुपैया लगानी गरेको बताए । डा.भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा जोड दिए । यस्को लागि कोषले आपूmलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ काम गर्नुपर्ने उनको भनाई थियो । कोष स्थापना देखि नै निरन्तर नाफामा संचालन भईरहनु, प्रत्येक बर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजना सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनको भनाई थियो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरीरहेकोमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्विनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसंचालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको बताए । कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर संचालनमा ल्याइसकेको जानकारी दिए । कोषको भौतिक पूर्वाधार, मानविय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संसोधन भैरहेको भन्दै उनले संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफनो कार्यलाई अगाडि बढाएको धारणा राखे । उनले आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने प्रतिवद्धना व्यक्त गरे ।

सो अवसरमा कोषले संचालन कार्यक्रमहरुमा कर्मचारी बचत वृद्धि अबकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानी कर्ता हिसाव योजना, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष,राष्ट्रिय अनुसन्धान बिमा कोष तथा नागरिक पेन्सन योजना लगायतको बारेमा जानकारी दिएको थियो । यो संगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पु¥याउदै आएको पनि बताइएको थियो । कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो भने कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुद लगायतका कार्यक्रमका बिजयीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया