अन्तिम भुक्तानी लिन टालटुल गरिँदै सडक

दोलखा । पटकपटक म्याद थपपछि बल्ल कालोपत्रे गरिएको दोलखाको तामाकोसी गाउँपालिकाको भिरकोट हावा च्यामा सडक वर्षदिन नबित्दै भत्किएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारमार्फत एडिबीको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको सो सडक एक वर्षमा नै भत्किएको हो ।

सडक भत्केर अस्तव्यस्त हुँदा पनि एक वर्ष चुपचाप बसेका ठेकदारहरू यतिबेला धमाधम सडक टालटुल गर्न थालेका छन् । गुणस्तरीय सडक निर्माण नगरेर चर्को आलोचना बनेका सो सडकका दुई वटा निर्माण कम्पनीहरू यति बेला भने सडकको निर्माण कार्य सुरु गरेका छन् । अन्तिम भुक्तानी लिनका लागि यति बेला नाम मात्रको कालोपत्रे सडक बनाएर चरम लापरबाही गरेका उनीहरूले यति बेला आफ्नो बाँकी रकम लिन सडकमा टालटुल गर्न थालेका हुन् ।

सडकको कालोपत्रे उप्किएको मात्र छैन पहिरोले सडकका नालाहरू समेत पुरिएका छन् भने कतिपय खोलाहरूमा कजवेसमेत अहिलेसम्म निर्माण नगरिएको स्थानीयहरू बताउँछन् । धेरै लापरबाही तवरले पिच गरेको भनिए पनि पिच गरेको जस्तो नभएको स्थानीय बताउँछन् । धेरै समय टिक्नुपर्ने सडकको पिच अव्यवस्थित तरिकाले क्वालिटी र गुणस्तरहीन काम गरेर सडक निर्माण गर्दा सडक बिग्रेको स्थानीयको भनाइ छ ।

अलिअलि भत्केको र बाँकी ठेकदारले लापरबाही गरेर कजवे बनाउने बेला सबै बनाउँछु भनेर नबनाई अलपत्र छोडेको थियो । सबै सडक हेर्दा हातले नै उक्किने खालको पिच भएको र नाम मात्रको पिच भएको स्थानीयहरू भनाइ रहेको छ । त्रुटि सच्याउने एक वर्षको अवधि सकिन लाग्दासमेत सडक उस्तै छ । दोस्रो प्याकेज हावा च्यामा खण्डमा केही काम भए पनि पहिलो प्याकेजको जिरो किलोदेखि जफे, मालुको सडक अस्तव्यस्त छ । निर्माण कम्पनीले खाल्डाखुल्डी टाल्न र नाला बनाउन थालेको जस्तो मात्र गरेको देखिन्छ । सडकको भित्तामा बनाइएका नालाहरू भत्किएका छन् । पहिरोले पुरेर भत्किएका नालाहरूमा त्यहीँको माटोमा नै प्लास्टएर गरिएको छ । कालोपत्रे भत्किएर भएका कतिपय खाल्डाखुल्डीमा माटो र गिट्टी हालेर पुरिएको छ । गुणस्तरीय सडक निर्माणभन्दा पनि ठेकदारले अन्तिम भुक्तानी लिन सडक टालटुल मात्र गरिरहेको छ ।

दुई प्याकेजमा निर्माण थालिएको सो सडकको पहिलो खण्ड भिरकोट हुँदै जफे, मालु र सहरे जोड्ने करिब १५ किलोमिटर सडक निर्माणको काम निर्माण कम्पनी तामाङ –कुमार जेभीले ठेक्का पाएको थियो भने दोसो खण्ड सहरेदेखि हावासम्मको करिब ११ किलोमिटर सडक निर्माणको जिम्मा बिरुवा–मस्दिङ देबी–वल्ड वाइड जेभीले पाएको थियो । समयमा नै काम नसक्दा पहिलो प्याकेजको जिम्मा पाएको तामाङ कुमार जेभीले हर्जना मात्र १ करोड २६ लाख तिरिसकेको छ ।

प्रतिक्रिया