विश्व

जापानको फुकुशिमामा ५.३ म्याग्नीच्यूडको भूकम्प

सौर्य अनलाइन २०७७ चैत ४ गते १५:५९ मा प्रकाशित

टोकियो । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय