सञ्चार क्षेत्रको साख

           प्रदीप उप्रेती

विपरीत अवस्था तयार गर्दै भ्रमित सञ्चारजन्य क्रियाकलापको अभिवृद्धिले क्षेत्रीय स्तरमा कायम रहन जाने औपनिवेशिक सोचलाई मात्र बढ्वा दिने हुँदा यसतर्फ थप सचेत रहँदै कार्य गर्नुपर्ने हुन्छ । जसलाई नेपाल र नेपालीको हितग्राही कदमको रूपमा लिन सकिन्छ ।

सञ्चार क्षेत्रको विकास एवं विस्तारले विश्वका कुनाकुनामा रहेका समूह÷व्यक्तिलाई एउटै छातामुनि समावेश गराउँदै हरेक दिन नयाँ–नौलो समाचारका साथै अन्य रोचक जानकारीमूलक विषयमा साक्षात्कार गराएको तथ्य जगजाहेर छ । सूचनामूलक जानकारी सप्रेषण गर्न नेपाली सञ्चार जगत विश्वका अन्य सञ्चार क्षेत्रभन्दा कुनै कम छैनन् । नेपालजस्तो शैक्षिक जनस्तर न्यून रहेको मुलुकमा पनि अग्रगामी सूचनामूलक जानकारी प्रवाह गर्न सशक्त रूपमा कार्य गर्दै आएको पाइन्छ । प्रस्तुतिकरणको सन्दर्भमा समाचारजन्य तथ्यलाई थप रोचक बनाउनका लागि आकर्षणयुक्त शीर्षक चयन गर्दै प्राप्त सत्यतथ्यलाई आफू अनुकूल रहने गरी बंग्याउँदै सञ्चार क्षेत्रको न्युनतम नैतिक धरातलबाट च्यूत रहँदै भ्रमित, तथ्यहीन तथा कपोलकल्पित समाचार सम्प्रेषण गर्न चाहने प्रवृत्तिले यस क्षेत्रको गरिमा र साखमा समेत गम्भीर चुनौती खडा गर्नेछ । व्यक्ति, समाज र राष्ट्रमा भ्रम छर्न खोज्ने यस्ता गतिविधिलाई सञ्चारजन्य नैतिक हमलाको रूपमा लिन सकिन्छ । प्रस्तुत व्यवहारको अत्यधिकताले व्यक्ति, नागरिक समाजको चरित्र हत्या हुने मात्र नभई राष्ट्र–राष्ट्रबीचमा शीतयुद्धको आरम्भ हुने सम्भावना पनि त्यतिकै रहन्छ । तत्पश्चातः आपसी मैत्रीपूर्ण दौत्यसम्बन्ध विकासको क्षेत्रमा ऋणात्मक असर पर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

उपरोक्त नकारात्मक व्यवहारको कुत्सित जालोबाट मुलुक एवं सञ्चार क्षेत्रलाई पृथक राख्नु नै आपसी सम्बन्ध विस्तारको क्षेत्रमा नयाँ आयाम थप्नु सरहको अवस्था हो । त्यसो भएको हुँदा सत्यपरक तथ्यसँग आत्मसाथ गर्दै गलत प्रचारप्रसारबाट अलग रहने संस्कृतिको विकासलाई बढवा दिने प्रयत्न गराँैै । जसले यस क्षेत्रमा रहँदै आएको अमर्यादित गतिविधिलाई क्रमशः न्यूनीकरण गर्न सहयात्रीको भूमिका निर्वाह गर्नेछ । प्रस्तुत सन्दर्भमा हालै मात्र भारतीय सञ्चार जगतमा ख्यातीप्राप्त एक समाचार एजेन्सीले सञ्चारको न्युनतम मूल्य–मान्यता विपरीत रहने गरी बहुुसंख्यक नेपालीजनको आत्मसम्मानमा ठेस पुग्ने, विश्वको अग्लो हिमशिखर सगरमाथाका बारेमा प्रसारण गरेको समाचारमूलक प्रस्तुति यथार्थपरकनभई सञ्चारजन्य अवैधानिक हमलाको अद्भूत रूप मध्येको विषम रूप मान्न सकिन्छ । जसले प्राप्त ऐतिहासिक सत्यतथ्यलाई समेत दिग्भ्रमित पार्दै संकुचित गराउने प्रयास गरिएको पाइयो । यस प्रकारका क्रियाकलापको विकासले समस्त सञ्चार जगतलाई अत्यन्त लज्जित तुल्याएको छ ।

यद्यपि, आजभोलि नगण्य रूपमा भए पनि प्रस्तुत नकारात्मक तथ्यलाई अनुसरण गर्ने प्रवृत्तिको विकासले केहीहदसम्म राष्ट्रिय वा अन्तर्राष्ट्रिय छापा–पत्रिकाका अतिरिक्त सञ्चारका अन्य क्षेत्र पनि नराम्रोसँग प्रभावित हुने गरेको पाइयो । तसर्थः दृष्य, श्रव्य वा पठनपाठनका आधारमा सञ्चारका विविध क्षेत्र लगायतका छापापत्रिकाका माध्यमबाट प्रवाह हुने सूचनामूलक जानकारीका अतिरिक्त विषयगत विधाहरूमा रहने गरेको नकारात्मक टीकाटिप्पणीबाट टाढा रहनु अब्बल सञ्चार क्षेत्रको अचूक उपाय मान्न सकिन्छ ।

प्रस्तुत तथ्यका आधारमा बेलाबखत नेपालविरोधी हुने गरेका अनेकन गतिविधिहरू अरू केही पनि नभई केबल सञ्चारजन्य अनैतिकताको विभत्स रूप मात्र हो । स्वदेशी तथा विदेशी सञ्चार माध्यमबाट हुने नकारात्मक व्यवहारको विकासले नेपाली भावना एवं मुलुकको स्वतन्त्र सार्वभौम अस्तित्वमा समेत गम्भीर चोट पुग्नुको साथै सदियौँदेखि कायम रहँदै आएको उच्चस्तरीय वैदेशिक सम्बन्धको कसीमा धुलो छाप्ने दुष्प्रयास स्वरूप मुखरित भएको कालो कर्तुतको रूपमा प्रस्तुत व्यवहारलाई लिन सकिन्छ । सत्यपरक तथ्यलाई द्विविधायुक्त ढंगले प्रस्तुतीकरण गर्दै जाने हो भने निश्चित रूपमा सञ्चारक्षेत्रप्रति जनविश्वास गुम्न गई यसको अस्तित्व लोपोन्मुख मार्गमा अगाडि बढ्नेछ ।

त्यसो भएको हुँदा सधैँ नै सत्यको पक्षमा वकालत गर्दै सोही आधारमा आमजनमतलाई सुशिक्षित गराउने महत्वपूर्ण जिम्मेवारी बोकेको सञ्चार क्षेत्रले क्षणिक रूपमा प्राप्त हुने लोकप्रियताका लागि भ्रामक समाचार सम्प्रेषण गर्ने कार्य कतिको उपयुक्त हुन्छ भन्ने तथ्यलाई केलाउँदै गलत प्रचारबाजी गर्ने जोसुकैलाई पनि कारबाही घेरामा ल्याउनुपर्ने हुन्छ । यस क्षेत्रमा हुने गरेको गैरलोकतान्त्रिक कदमले क्षणिक रूपमा पाठक, दर्शक र श्रोतालाई मनमोहित तुल्याएता पनि विषयवस्तुको गाम्र्भीयतालाई यथासमयमा नै मनन गर्न सकिएन भने वैदेशिक सम्बन्ध विकासका अतिरिक्त नागरिक समाजमा समेत नकारात्मक असर पर्नेछ । जसलाई आधुनिक सञ्चार माध्यम एवं पत्रपत्रिकाको न्यूनतम आधारभूत मूल्य मान्यता एवं नैतिक धरातल विपरीतको हस्तक्षेपकारी रणनीतिको ज्वलन्त नमुनाको रूपमा लिन सकिन्छ ।

श्रव्यदृष्यको क्षणिक रूपमा प्राप्त हुने लोकप्रियताको लोलुपतामा चालिएको अद्भूत नकारात्मक कालिगढीको विकराल समस्याबाट समस्त सञ्चार जगतलाई पृथक राख्दै सम्भावित गलत आपराधिक क्रियाकलापको ऋणात्मक प्रभावलाई समयमा नै नियन्त्रण नगर्ने हो भने आगामी दिनमा सम्बद्ध क्षेत्रको भविष्य निक्कै नै चुनौतीपूर्ण रहने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।

तसर्थ ः गैरजीम्मेवारीपूर्ण हस्तक्षेपकारी नीतिबाट मुलुक र जनतालाई पृथक राख्नु नै राष्ट्रियतामाथि बाह्य हस्तक्षेपको नांगो नाचबाट संरक्षण गर्नु हो । प्रस्तुत सञ्चारजन्य हमलाको आडमा राष्ट्र–राष्ट्रियता, स्वाधिनता एवं सार्वभौमिकतामाथि धावा बोल्ने छुट कसैलाई पनि दिनु हँुदैन । जसले नेपाल र नेपालीको शिर लल्जाले निहुरिने वातावरण तयार गर्ने भएकोले सशक्त प्रतिकारमा उत्रिने प्रयास गरौँ । गलत मनसायले प्रसारित रहने नकारात्मक पक्षको बाह्य रूप निक्कै शक्तिशालीजस्तो देखिएता पनि वास्तविक यथार्थपरक सत्यतथ्यलाई पहिचान गर्ने हो भने निष्प्रवाही एवं कपोलकल्पित वाहेक अन्यथा कुनै उपलब्धिमूलक जानकारी प्राप्त गर्न सकिँदैनभन्दा फरक नपर्ला ।

तर्कसंगत रूपमा राष्ट्रियताको जगेर्ना गर्न सक्ने क्षमताको विकासबाट निस्कने प्रतिफलले नेपालजस्तो भूपरीवेष्ठित मुलुकले नव–महाशक्तिका राष्ट्रका रूपमा उदयीमान रहने मुलुकको औपनिवेशिक सोचलाई केहीहदसम्म न्यूनीकरण गर्दै समस्त दक्षिण एसिया क्षेत्र हुने गरेको बाह्य हस्तक्षेपकारी रणनीतिलाई क्रमशः न्यून गर्दै पञ्चशीलको आधारभूत सिद्धान्तको मूलमन्त्रलाई आत्मसाथ गर्दै उच्चस्तरको कूटनीतिक सम्बन्ध विस्तारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्नेछ भन्ने विश्वास लिन सकिन्छ । विपरीत अवस्था तयार गर्दै भ्रमित सञ्चारजन्य क्रियाकलापको अभिवृद्धिले क्षेत्रीय स्तरमा कायम रहन जाने औपनिवेशिक सोचलाई मात्र बढ्वा दिने हुँदा यसतर्फ थप सचेत रहँदै कार्य गर्नुपर्ने हुन्छ । जसलाई नेपाल र नेपालीको हितग्राही कदमको रूपमा लिन सकिन्छ ।

प्रस्तुत प्रवृत्तिका सोचको अभिवृद्धिले मात्र पनि छिमेकी मुलुकहरू बीचको मैत्रीपूर्ण दौत्य सम्बन्धको क्षेत्रमा चिसोपनको अनुभूति गराउनेछ । तसर्थः स्वच्छ एवं पारदर्शी सञ्चार क्षेत्रको विकासको अपेक्षाबाट नै क्षेत्रीय स्तरमा शान्ति तथा मैत्रीपूर्ण कूटनीतिको अभ्यूदयको साथै आपसी सहसम्बन्ध विस्तारको क्षेत्रमा नयाँ आयाम थप कोसेढुंगा सावित हुने देखिन्छ ।

प्रतिक्रिया