गायक मनिष रन्जन बरालले ल्याए शिवस्तुति भजन ‘शिव शम्भो’

काठमाडौंं । महाशिवरात्रीको अबसरमा शिवस्तुति भजन ‘शिव शम्भो’ रिलिज भएको छ। भजन गायक मनिष रन्जन बरालको शब्द तथा स्वरमा रहेको भजनको भिडियो शिवरात्रीको छेको पारेर युटुब मार्फत रिलिज भएको हो । भजनमा साउथ इन्डियन चर्चित संगीतकार कुलदीप एम पाईको संगीत रहेको छ ।

भिडियोमा सरोज अधिकारी, पद्मा ढकाल, बेखालाल मालाकार, बिनोद बजगाईं, अदिति खनाल, बिनोद कुइँकेल, कबिता कार्की, प्रला कार्की आदि कलाकारको अभिनय रहेको छ। बिनोद बिष्टले भिडियो खिचेका हुन् भने सम्पादन तुलसी बासकोटाले गरेका हुन् । पशुपति, गुह्यास्वरी लगायत स्थानमा खिचिएको भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् । विभिन्न भगवानको महिमा समेटिएको भजन गाउदै आएका गायक बराल अर्को भजनको तयारीमा छन्।

प्रतिक्रिया