सहमतिमा एमालेको बोर्ड राखिएपनि मतभेत कायमै

तस्विरमा दुवै पक्षका नेता तथा कार्याकर्ता उपस्थित रहेको छ ।

मुगु । मुगुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको साईन बोर्ड र कार्यालय स्थापना सहमतिमा गरिएको भए पनि केपि समुह र माधव समुहका नेता तथा कार्याकतामा मतभेत देखिएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमाले जिल्ला कमिटी मुगुले दुवै पक्षको सहमतिमा कार्यालय पुर्नस्थपना गरिएको र कार्यालयमा साईन बोर्ड सहमतिमा राखिएको जनाए पनि दुवै पक्षधरका मतभेत र अडान राखेका छन ।

माधव समुहका अध्यक्ष धर्मबहादुर शाही र सचिव जित बहादुर मल्ल पहिले देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष र सचिव हुन । केपि समुहका डम्बर रावल नेकपा विवाद संगै केपि समुहका कार्यलय सञ्चालन कमिटिका संयोजक हुन । सर्वोच्च अदालतको फैसलासंगै तीन बर्ष पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ब्युँतिएपछि दुवै पक्षको सहमतिमा मन मोहन प्रतिष्ठानको भवन गमगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय स्थापना र साईन बोर्ड दुवै पक्षको सहमतिमा अध्यक्ष धर्मबहादुर शाहीको नेतृत्वमा कार्यालय स्थापाना र साईन बोर्ड टाँसिएको माधव समुहले जनाएको छ । यता केपी समुहका नेता तथा कार्यकर्ताका अनुसार संयोजक डम्बर बहादुर रावलको नेतृत्वमा साईन बोर्ड टाँसिएको बताएका छन । सर्वोच्च अदालतको फैसलासँगै तीन बर्ष पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ब्युँतिएपछि केन्द्रिय सकुर्लर अनुसार संयोजक डम्बर रावलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले लेखिएको साईन बोर्ड टाँसिएको र कार्यालयको स्थापना गरेको केपि समुहका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले बताए ।

कार्यालय स्थापाना र साईन बोर्ड राख्न माधव समुहको संलग्नता छ छैन भन्ने प्रश्नमा उनले भने, ‘को आउनुभयो, को आएका थिय थिएनन भन्नु भन्दा कार्यालय सञ्चालन कमिटिका संयोजक डम्बर रावलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय स्थापाना र नेकपा एमाले लेखिएको साईन बोड टाँसिको राखिएको हो ।’

एमालेका पहिले देखिकै सचिव जितबहादुर मल्लका अनुसार मंगलबार अध्यक्ष धर्मबहादुर शाहीको नेतृत्वमा दुवै पक्षको सहमतिमा सहकार्यमा कार्यालय स्थापाना र बोर्ड राखिएकोे बताए । उनका अनुसार बाहिर कसले के बोल्छ ? थाहा भएन तर सहमती सहकार्यमा आधिकारीक नेकपा एमालेका अध्यक्ष धर्मबहादुर शाहीको नेतृत्वमा एमालेका नेता तथा कार्याकतको अगुवाई र केन्द्रीय सर्कुलर अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थापाना र साईन बोर्ड राखिएको सचिव मल्लले बताए । माओवादी केन्द्रसँगको सहकार्य माधव समुहको अब के हुन्छ भन्ने बिषयमा पत्रकारले प्रश्न गर्दा सचिव मल्लले सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन भोलीका दिनमा के हुन्छ थाहा भएन केन्द्रीय सर्कुलर अनुसार अघि बढ्ने बताए ।

प्रतिक्रिया