माओवादी केन्द्रको निर्णय : कांग्रेस र जसपासँग छलफल अघि बढाउने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकार र संसद् सञ्चालन तथा संविधान कार्यान्वयनका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ । सर्वोच्चको फैसलाले पार्टी पुन:स्थापना भएपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले मुख्य रूपमा कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

‘अहिलको अवस्थामा संसद्, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामी छलफल त एमालेसँग पनि गर्छौं, तर मुख्य रूपमा कांग्रेस र जसपासँग छलफल अघि बढाउने निर्णय भएको छ ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको विश्वासको मत फिर्ता लिने कि नलिने भन्ने विषयमा भने कुनै निर्णय नभएको बताए । बैठकले यही फागुन २९ गतेका लागि केन्द्रीय कमिटी बैठक र चैत १ गते कार्यकर्ता भेला बोलाउने निर्णय पनि गरेको उनले बताए ।

प्रतिक्रिया