खोजखबर

हावाको गति नमिलेपछि टुँडिखेलबाहिर पुगे सेनाका ६ प्याराट्रुपर

सौर्य अनलाइन २०७७ फागुन २५ गते १३:३९ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सेनाले टुँडिखेल बाहिर ल्यान्ड गरेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार मंगलबार बिहान शिवरात्रीका लागि रिहर्सल गरिरहेका १४ जनामध्ये ६ जना प्याराट्रुपर टुँडिखेलभन्दा बाहिर अवतरण भएका हुन्।

वायुमण्डलमा हावाको गति नमिलेकाले उनीहरू निर्धारित ठाउँभन्दा बाहिर ल्यान्ड भएको पौडेलले जानकारी दिए।

‘हावा धेरै भएको हुँदा टुँडिखेलभन्दा बाहिर गएका थिए,’ उनले भने,’हाम्रा प्याराट्रुपरहरू सबै सुरक्षित छन्।’ उनीहरूको सामान्य स्वास्थ्य जाँच पनि गरिएको छ। उनीहरू सबैको अवस्था ठिक रहेको प्रवक्ता पौडेलले बताए।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय