पत्रकार महासंघ पाँचथर शाखाको आफ्नै भवन, इन्द्रबहादुर आङबाेले गरे उद्घाटन

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन निर्माण पुरा भएको छ । करिव दुई बर्ष लगाएर निर्माण गरिएको भवन सोमबार औपचारीक रुपमा उद्घाटन गरिएको हो । प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो ‘मौसम’ले भवनको औपचारीक उद्घाटन गरेका हुन । उद्घाटनको अवसरमा पुर्व मन्त्री आङबोले आफु सार्वजनिक जिवनमा रहेकाबेला पाउने पारिश्रमीक मध्ये पत्रकार महासंघ पाँचथरलाई एक महिनाको तलव उपलब्ध गराउने घोषणा गरे । आफु आलोचना रुचाउने भएको उल्लेख गर्दै मन्त्री आङबोले यो क्रम जिवन्त रहिरहने दावी समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरही र डा. महेन्द्र बिष्टलाई सम्मान गरिएको छ । शाखाले स्वातन्त्रता सेनानी सम्मान तथा पुरस्कार २०७६ र सोही सम्मान २०७७ बाट डा. बिष्टलाई पत्रकारीता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । भवन निर्माणको लागि सहयोग गर्ने सहरी बिकाश भवन निर्माण डिभिजन इलाम सहित बिभिन्न सरकारी कार्यालय, महासंघका पूर्व सभापति कृष्ण ओझा लगायत पाँचजना अध्यक्षहरु, सहितलाई सम्मान गरिएको थियो ।

भवन निर्माणको लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ७८ लाख ३८ हजार रुपैयाँमा सहरी बिकाश तथा भवन कार्यालय इलामले गोदार निर्माण सेवालाई ठेक्का दिएको थियो । नयाँ शहर योजना, खानेपानी सरसफाइ डिभिजन, पूर्वाधार बिकाश, फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिका र सुचना प्रविधि तथा संचार मन्त्रालय गरी ५४ लाख ८९ हजार गरी १ करोड ३३ लाख २७ खर्च भएको महासंघ अध्यक्ष लवदेब ढुङगानाले जानकारी दिए ।

 

प्रतिक्रिया