‘राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष अझै बाँकी छ’

काठमाडौं । साविक नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुसालले अहिले पनि राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष बाँकी रहेको बताएकी छिन् । १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको टेम्पो महिला चालक सम्मान कार्यक्रममा भुसालले यस्तो बताएकी हुन् । उनले नेपालको पहिलो महिला (फस्ट लेडी) राष्ट्रपति हुनुपर्ने धारणा राखिन् ।

मुलुकको प्रधानमन्त्रीकी श्रीमतीलाई फस्ट लेडी अर्थात् पहिलो महिला भन्नु तर्कसंगत नहुने उनको भनाइ छ । उनले नागरिकहरु मुलुकको हरेक अंगमा पुग्न सक्ने भन्दै सबै नागरिकलाई स्पष्ट रुपमा आफ्नो हैसियत प्राप्त गर्ने अधिकार रहेको बताइन् । कार्यक्रममा नेतृ भूषाल, अनेरास्ववियुका रञ्जित कर्ण लगाएतले महिला ट्म्पो चालकहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया