अपेक्षा गरेकोभन्दा सर्वोच्चले फरक फैसला गर्यो : प्रचण्ड

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता केपी शर्मा ओली र दाहाल–नेपाल समूह दुवैलाई नदिएर ऋषिराम कट्टेललाई दिएपछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् ।

सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताएका हुन् । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए ।

प्रतिक्रिया