आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका ३८ वर्षीय बुबाले पटकपटक आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

छोरीलाई बलात्कार गरेको घटना गाउँमा बाहिर सार्वजनिक हुन थालेपछि उनी तीन महिना अघि भारत फरार भएका थिए । तीन महिनापछि घर फर्किएका बुवालाई गाउँलेले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएलगत्तै उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिकाले आफ्नै बुवाले विगत पाँच वर्षदेखि पटकपटक बलात्कार गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए । पीडित बालिकालाई बिहीबार नै स्वास्थ्य परीक्षणको लागि चितवन जिल्ला अस्पताल भरतपुर पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया