राजकुमारको भजन ‘बालौँ आरती’ सार्वजनिक

काठमाडौं । कलाकार तथा सञ्चारकर्मी राजकुमार रायमाझीको भजन धार्मीक गीत ‘बालौँ आरती’ सार्वजनिक भएको छ ।

उक्त गीतमा राजकुमारको आफ्नै शब्द रचना र संगीत तथा आवाज रहेको छ भने गायिका गायत्री रानाले पनि उनलाई आवाजमा साथ दिएकी छन् ।

त्यस्तै, गीतको भिडियोमा मन बहादुर पुनले निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने गायकद्वय राजकुमार रायमाझी, गायत्री राना तथा रामप्रसाद पाठक, कमल कुमारी निरौला, मनु पिन र भोजराज कार्कीको अभिनय छ ।

उक्त भिडियो राजकुमारको आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । हिन्दुहरुको धार्मीक र गायनलाई मुख्य प्राथामीकता दिएर यस गीत ल्याएको गायक तथा सञ्चारकर्मी रायमाझीले बताए ।

प्रतिक्रिया