दूरसञ्चार प्राधिकरणको २३औं वार्षिकोत्सव

काठमाडौ । नेपाल दुरसंचार प्राधिकरणको २३औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा आयोजित कार्यक्रमा संचार मन्त्री पार्वत गुरुङले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिए । मन्त्री गुरुङले दूरसञ्चार सेवा गाउँभन्दा पनि शहर केन्द्रित भएको, ग्रामीण विकास कोषबाट पनि शहरमै विकास भएको, पूर्वाधारको विकाससँगै यो सेवालाई गाउँसम्म पुर्याउन जरुरी भएकोमा जोड दिएका छन । उनले दूरसञ्चार सेवालाई अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरकारले शिक्षा क्षेत्रलाई सञ्चारमैत्री बनाउने योजनानुसार जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पुर्याउन निर्देशन दिए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म काठमाडौँ उपत्यका बाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याइएको जानकारी दिए । उनले सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउने उद्देश्य अनुरुप शतप्रतिशत विद्यालयमा जडान सम्पन्न भइसकेको बताए ।

प्रतिक्रिया