कर्णाली नदिमा गाडी तार्न जितेबजारमा फेरी सञ्चालन

कालिकोट । कर्णाली प्रदेश सरकारको सहयोग तथा निर्देशनमा कर्णाली करिडोर जोड्ने जितेबजार कर्णाली नदिमा फेरी सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा फेरीको काम थालिएको थियो ।

फेरी सञ्चालनमा आइसकेपछि प्रदेश सरकारले लागेको लगानी दिने भनी मुख्यमन्त्री शाहीले भनेपछि अनन्त बरालले आफ्नो ब्यक्तिगत लगानी ५० लाख रकम खर्चेर फेरी सञ्चालनमा ल्याएका हुन् ।

अनन्त बरालका अनुसार फेरी सञ्चालनपछि सम्पूर्ण कागजता, प्राविधिक स्टेटमेन्ट र कामको अनुगमन पश्चात प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री शाहीको पहलमा काम सम्पन्न भएको छ । सवारीसाधन तार्न कठिनाई भएपछि कालिकोटको जितेबजार क्षेत्रमा फेरी सञ्चालनमा आएको छ ।

कर्णाली करिडोरमा चल्ने सवारीसाधनलाई आवतजावतमा समस्या भएको थियो । साना तथा ठूला सवारीसाधन ओसारपसारमा नागरिकलाई सास्ती हुने गरेको थियो । मोटरसाइकल जितेबजारको पुलबाट ओसारपसार गर्नु बाध्यता थियो ।

सवारीसाधन ओसारपसार गर्नका लागि पहिला सञ्चालनमा आएको फेरी कर्णाली नदिमा गत वर्ष असारको अविरल वर्षापछि नदिले बगाएर लगेपछि ९ महिनापछि पुनः मंगलबार सञ्चालनमा आएको हो । असारमा आएको अविरल वर्षासँगको बाढीले फेरी बगाएपछि यातायातका साधन आवतजावतमा चुनौती तथा ठूलो समस्या आएको थियो ।

फेरी बगाएपछि कर्णाली करिडोरमा चल्ने गाडीलाई आवतजावतमा समस्या भएको थियो । कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरेमा सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालीकोटसम्म गाडी भित्र्यायनुपर्ने अवस्था थियो ।

जितेबजारबाट बग्दै गएको कर्णाली नदिमा फेरी सञ्चालनमा आएपछि यातायातका साधन आवतजावतमा सहजता हुने भएको छ । कर्णाली करिडोरको सडक क्षेत्रमा सवारीसाधनमा कुनै समस्या भित्रिएपछि मर्मतका लागि ठूलो समस्या हुने गरेको थियो ।

असार पछिको निरन्तरतासँगै जितेबजारको फेरी सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघका उपाध्यक्ष कटक बुढा र अध्यक्षका प्रत्यासी दिलबहादुर शाही लगायतले फेरीको उद्घाटन गरेका छन् । फेरी नहुँदा विभिन्न किसीमका समानहरु ओसारपसारमा पनि समस्या भएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया