काठमाडौं । केही महिना अगाडि गोङ्गबु हत्याकाण्डकी मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन जेल सजायको फैसला गरेको छ । कल्पनालाई यही फागुन १३ गते अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।
अभियुक्त कल्पनालाई जिल्ला अदालतले अपराधी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको अदालत स्रोतले जनाएको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उक्त फैसला गरेको हो । तर, सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी उनकी छोरीलाई भने सफाइ दिएको बताइएको छ ।
गत महिना साउन २५ गते गोङ्गबुमा दाङ घर भएका कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो ।
दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् ।
प्रतिक्रिया